शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बनिएको ६ महिना नबित्दै झापा चौक हुँदै केचना जोड्ने कालोपत्रे सडक भत्किन शुरु

Laasim Hang Mongol | 16 अप्रिल 2019

बनिएको ६ महिना नबित्दै झापा चौक हुँदै केचना जोड्ने कालोपत्रे सडक भत्किन शुरु

भद्रपुर/ वर्षौं पछि भद्रपुरको झापा चौक देखि ज्ञाने चौक हुँदै हिमाली केचना जोड्ने कालो पत्रे सडक बनिएको ६ महिना नबित्दै भत्किन थालेपछि भद्रपुर नगरका लोकहरुको सपना बिपनामा परिणत हुन नपाउदै तुहिन थालेको छ । अरू देशको कालो पत्रे सडक बनिएको वर्षौं वर्ष सम्म भत्किने सम्भावना ज्यादै कम हुनेगरे पनि नेपालमा भने बनिएको ६ महिना नबित्दै भत्किनु चरम भ्रष्टचारको प्रतीक रहेको छ । नजिकै रहेको भारतको गलगलियाको कालो पत्रे सडक र झापा चौक हुँदै केचना जोड्ने कालो पत्रे सडकको गुणस्तरमा आकाश पतालको फरक रहेको स्थानिय बासिन्दाले बताए ।

 

बनिएको ६ महिना नबित्दै झापा चौक हुँदै केचना जोड्ने कालोपत्रे सडक भत्किन शुरु

           वर्खामा हिडि नसक्नु अवस्थामा हिलाम्मे रहेको कारण वर्षौं देखि सास्ती भोग्दै आएका भद्रपुरका लोकहरु पुन सडक बनिने भएपछि खुशिको उमंग छाए पनि ६ महिना नबित्दै ठाउँ ठाउँमा भत्किन सुरु भएपछि कालो पत्रे सडकमा हुईकिने भद्रपुरका लोकहरूको सपना सपनामै सिमित रहेको छ भने नयाँ अनुहारमा उहीँ पुरानै भ्रष्टाचारको गन्ध आएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्ड ६ महिना नबित्दै भत्किन सुरु भएपछी यतिबेला भद्रपुर नगरपालिका सडक मर्मत र टालटुलमै व्यस्त रहेको छ । ताप्लेजुङ देखि झापाको सदरमुकाम चन्द्रगडी हुँदै केचना जोड्ने मेचि लोकमार्ग निर्माणमा भारत सरकारको एक करोड चौवाँलिस करोड सहयोगमा निर्माण उक्त सडक ज्ञानेचौक लगायतको ठाँउहरूमा भत्किन सुरु भएको हो । यसैगरी सहरी विकस योजनाले सिमावर्ती नगर तथा गाउँसभाको लागि भित्री सडक कालो पत्रे निर्माणको लागि भद्रपुर नगरपालिकालाई दुई सय करोड सहयोग गरेको र उक्त सडकहरू भने निर्माणाधीन अवस्थामा रहेका छन् ।

 

 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्