बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

चिनबहादुरको उपचारमा आर्थिक अभाव, आर्थिक संकलन गरिदिन अनुरोध

Mongol Vision News | 10 फेब्रुअरी 2022

चिनबहादुरको उपचारमा आर्थिक अभाव, आर्थिक संकलन गरिदिन अनुरोध

म्याग्दी, १० फेव्रुअरी २०२२
मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीका साधारण सदस्य चिनबहादुर गर्बुजाले आफ्नो उपचारको लागि सहयोग संकलन गरिदिन संगठनलाई अनुरोध गर्नुभएको छ ।
मालिका गाउँपालिका वडा नं. ४ ओखरबोट निवासी गर्बुजा घास काट्ने क्रममा यही माघ १० गते विहान  रुखमा चढेका थिए, रुखको हाँगा अचानक भाँचिए पछि उनि रुखबाट खसेर सख्त घाईटे भएपछि तत्काल उपचारको लागि दरबाङ उपस्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पतालमा लगेपनी त्यहाँ उपचार सम्भव नहुदाँ पोखरा मनीपाल हस्पिटलमा रिफर गरिएको थियो, मनीपालका डाक्टरले स्पाईनल ईन्जुरी भएको र अपरेशन गर्न काठमाण्डौ लानु पर्ने बताएपछि अहिले काठमाण्डौ टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।

चिनबहादुरको उपचारमा आर्थिक अभाव, आर्थिक संकलन गरिदिन अनुरोध

गर्बुजाको पारीवारिक अवस्था निकैनै नाजुक रहेकोले थप उपाचारको लागि आवश्यक खर्च जुटाईदिन अनुरोध गरिएको जिल्ला सभा म्याग्दीका कोषाध्यक्ष दिपक पुनले जनाउनु भएको छ।
जिल्ला सभा म्याग्दीका अध्यक्ष डिके पुनमगरले देश विदेशमा छरिएर रहनुभएका मुलवासी मंगोलहरुले उहाँको उपचारमा सक्दो स्वैच्छिक सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको छ।
जिल्ला सभा म्याग्दीको सहयोग अपिल संगै गर्बुजालाई सहयोग आउने क्रम पनी जारी भए संगै यहि १ फेवु्रअरीका दिन प्रवास सभा कतारका अध्यक्ष देवेन्द्र गर्बुजाले प्रवास सभा कतारको तर्फबाट नगद रु.१५,०००।–  अक्षरुपी पन्ध्रहजार रुपैया उपचाररत टिचिङ हस्पिटलमै पुगेर नगद हस्तान्तरण गर्नु भएको छ, भने जिल्ला सभा म्याग्दीले सल्लाहकार ओमविकास पुनमगर र कोषाध्यक्ष दिपक पुनको नेतृत्वमा सहयोग संकलन गरीरहेको छ। 
सहयोग तथा सम्पर्कको लागिः
जिल्ला सभा म्याग्दी सल्लाहकारः ओमविकास पुन    ९८६७६९६४४९
जिल्ला सभा म्याग्दी कोषाध्यक्षः दिपक मंगोल    ९८५७६२७०८८

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्