शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ केन्द्रीय सभा सदस्य याम श्रेष्ठ ज्यूले MNO लाई सवारी साधन मंगोलदान गर्नु भएको छ।

विजयराज लिम्बू | 28 जूलाई 2025

एमएनओ केन्द्रीय सभा सदस्य याम श्रेष्ठ ज्यूले MNO लाई सवारी साधन मंगोलदान गर्नु भएको छ।

एमएनओ केन्द्रीय सभा सदस्य याम श्रेष्ठ ज्यूले MNO लाई सवारी साधन मंगोलदान गर्नु भएको छ।

 

झापा, 28 July 2025 —बिर्तामोड,सैनिक बजार निवासी मंगोल नेशनल अर्गनाइजेशन(MNO) का केन्द्रीय सभा सदस्य याम श्रेष्ठले आफ्नो व्याक्तिगत सवारी साधन संगठनलाई मंगोलदान गर्नुभएको छ। गत

27th July मेचीनगर -२,झापा स्थित सम्पन्न भएको महामानव ड.गोपाल गुरुङ ज्यूको 90th औं जन्मोत्सव दिवश कार्यक्रमको अवसरमा बोल्दै उहाँले अधिकारिक रूपमा आफ्नो निजी सवारी संगठनलाई मंगोलदान दिने घोषणा मुताबिक निर्णय गर्नु भएको थियो।

 

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा लेख्नु हुन्छ - “सम्पूर्णमा जै मङ्गोल महामानव ड गोपाल गुरुङज्युको 90 औं जन्मोत्सव पारेर मृतक बुवा तारा बहादुर श्रेष्ठको सम्झनामा कोही कसैले ब्यक्तिगत प्रयोजनमा नल्याउने गरि मात्रै मंगोल नेसनल अर्गनाइजेसनको कामकाजको निमित्त केन्द्रिय कार्यलयको मातहतमा रहने गरि हिजोको मिति अर्थात 27 जुलाई 2025 देखि नै यो साधन मंगोल नेशनल अर्गनाइजेसनलाई प्रदान गरेकोछु, जुन दिन सम्म प्रयोगमा आउँछ सो दिन सम्म मंगोल नेसनल अर्गनाइजेसनको निम्ति काम गर्नेछ । नसकेको दिन मंगोल पार्कमा सजियोस भन्ने चाहना रहेकोछ।”

 

सांगठनिक तवरले याम श्रेष्ठ ज्यू, मुलवासी मंगोल एकताको सशक्तिकरण र सामुदायिक सेवाको सामूहिक उद्देश्यप्रति व्यक्तिगत प्रतिबद्धताको एक शक्तिशाली उदाहरणको रूपमा खडा हुनु भएको छ।

मंगोल नेशनल अर्गनाइजेशनले, याम श्रेष्ठ ज्यूलाई उहाँको क्रान्तिकारी सोच,विचार, उहाँको उदार भावना र निस्वार्थ कार्यको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछ। उहाँको योगदानले हाम्रो उत्साहपूर्ण कामलाई मात्र बढाउँदैन तर अरूलाई पनि सकेसम्म सहयोग, समर्थन गर्न प्रेरित गराउनेछ ।

 

याम श्रेष्ठ ज्यू केही वर्ष देखि एमएनओ का परिवार तथा सक्रिय सदस्यको रूपमा संगठनमा आवद्ध भएर साथै राज्य बाट शोषित मुलवासी मंगोलहरुको आवाजहरूको तर्फबाट निरन्तर वकालत गर्ने व्यक्तिको रूपमा परिचित हुनुहुन्छ।एमएनओ का केन्द्रीय सभाका सम्मानित सदस्य याम श्रेष्ठलाई संगठनको तर्फ बाट आफ्नो व्यक्तिगत सवारी साधनको उदार र निस्वार्थ योगदानको लागि गहिरो प्रशंसा र हार्दिक आभार गर्दछ।

 

तपाईंको महान कार्यले मंगोल समुदायको लक्ष्य,उद्देश्य दृष्टिकोण र सामूहिक उन्नतिप्रति तपाईंको अटल समर्पणलाई सधैं प्रतिबिम्बित गर्नेछ। तपाईंको यस्तो अर्थपूर्ण समर्थन र सहयोगी मनले संगठनको क्षमतालाई मात्र बलियो बनाउँदैन तर अरूलाई पनि ठूलो हितको लागि योगदान र सहयोग गर्न प्रेरित गर्नेछ।

तपाईं जस्तो संगठन प्रति समर्पित सदस्य मंगोल नेशनल अर्गनाइजेशनमा पाउँदा हामी साच्चिकै सम्मानित छौं। तपाईंको अमूल्य योगदान, सहयोगको लागि धन्यवाद साथै गहिरो सम्मान र कृतज्ञताका साथ याम श्रेष्ठ ज्यू प्रति हार्दिक आभार ।

मंगोल भिजन राष्ट्रिय साप्ताहिक परिवार ,बोधार्थ मंगोल नेशनल अर्गनाइजेसन।

एमएनओ केन्द्रीय सभा सदस्य याम श्रेष्ठ ज्यूले MNO लाई सवारी साधन मंगोलदान गर्नु भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्