Mongol Vision Patrika | 10 अप्रिल 2025
एमएनओ केन्द्रिय सर्वोच्च सभा सदस्य अक्कल तामाङलाई पितृ शोक
मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सर्वोच्च सभा सदस्य अक्कल तामाङलाई यतिबेला पितृ शोक परेको छ । उहाँका बुवा मान बहादुर तामाङको आज २८ गते ८५ वर्षको उमेरमा दुखद निधन भएको छ ।
१९९६ वैशाख ७ गते इलाम जिल्लाको धुसेनीमा जन्मनु भएका मान बहादुर तामाङ विगत लामो समय देखि फोक्सो र मुटु को समस्या बाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि वहाँलाई उपचारको निमित्त २४ गते झापाको बि एन्ड सी हस्पिटलमा लगिएको र उपचारको क्रममा आज अपरान्ह १:४५ मा वहाँको दुखद निधन भएको छ । भोलि मेचिनगर-९ स्थित मागुरमाडीमा वहाँको निजिनिवासमा अन्त्येष्टि हुने वहाँको परिवारले जनाएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology