सोमबार 6 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ केन्द्रिय सदस्य याम श्रेष्ठ र झापा जिल्ला सदस्य अमृत श्रेष्ठलाई पितृशोक

Mongolvision | 15 फेब्रुअरी 2025

एमएनओ केन्द्रिय सदस्य याम श्रेष्ठ र झापा जिल्ला सदस्य अमृत श्रेष्ठलाई पितृशोक

 

फाल्गुन ३, झापा 

मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय सदस्य याम श्रेष्ठ र झापा जिल्ला सदस्य अमृत श्रेष्ठलाई यतिबेला पितृशोक परेको छ । विर्तामोड-१० सैनिक बजार निवासी बुवा तारा बहादुर श्रेष्ठको आज बिहान करिब ८ बजेको समयमा भएको दुखद निधनले मंगोल नेशनल अर्गनाइजेशन सिंगो संगठनलाई यतिबेला स्तब्ध र मर्माहत बनाएको छ । 

२०११ साल असोज ५ गते इलाम जिल्लामा जन्मनुभएका वहाँ सुगर र नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिन अघि मात्रै उपचारको निमित्त वहाँलाई काठमान्डु लगिएको थियो । उपचारको क्रममा पुन झापाको विर्तामोड स्थित बि एन्ड सी मा उपचाररत अवस्थामा वहाँको देहान्त भएको पारिवारिक श्रोतले जनाएको छ । वहाँको यस दुखद निधनले परिवारले एक अभिवावक, शीतल छाहरी गुमाएको साथै समाजले एक कुशल व्यक्तित्वलाई गुमाएको महसुस गरिएको छ । 

शोकको यश दुखद घडीमा वहाँका ३ छोरा/बुहारी, १ छोरी ज्वाइँ , नातानातीनीहरु लगायत सम्पूर्ण शोकाकुल परिवारप्रति मंगोल नेशनल अर्गनाइजेशनले हार्दिक समवेदना साथै मृतक: तारा बहादुर श्रेष्ठ प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्