शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हिमाल मेचेको अध्यक्षतामा मेचिनगर १५ वडा सभा पुनर्गठन

Melina Tamang | 20 अप्रिल 2019

हिमाल मेचेको अध्यक्षतामा मेचिनगर १५ वडा सभा पुनर्गठन

मेचिनगर/ मेचिनगर नगर वडा नम्बर पन्ध्र कच्चुबारीका स्थानिय बासिन्दा एवम् मंगोल प्रेमी हिमाल मेचे र सागर मेचेको विशेष पहलमा मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगर सभाको आयोजनामा मेचिनगर वडा नम्बर पन्ध्र कच्चुबारी पुनर्गठन भएको छ । 20 अप्रिलका दिन मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जी मंगोलको सभाध्यक्षता र संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धित एक प्रशिक्षण कार्यक्रमको बीच हिमाल मेचेको अध्यक्षतामा १६ सदस्यीय मेचिनगर वडा नम्बर पन्ध्र कच्चुबारी वडा सभा पुनर्गठन भएको हो । पुरानो कार्य समिती निष्क्रिय रहेकोले सांगठनिक गतिविधि ज्यादै शून्य भएको तर मंगोल राष्ट्रवाद सम्पुर्ण अहिन्दू मूलवासी मंगोलहरुले बुझ्नु पर्ने आवश्यक रहेकोले उक्त वडा सभा गठन गरेको हिमाल मेचेले बताउनु भयो ।

हिमाल मेचेको अध्यक्षतामा मेचिनगर १५ वडा सभा पुनर्गठन

                यसैगरी उक्त वडा सभाका सचिव, कोषाध्यक्ष, सहसचिव र प्रचारप्रसार सचिवमा क्रमशः मान बहादुर गुरुङ, सागर मेचे, टिकाराम मेचे र अगन मेचे छन् भने सदस्यहरूमा सविना मेचे, पदम कुमारी भुजेल, ज्ञान बहादुर तामाङ, जमनदास राई, पदम गुरुङ, धमनसिंह मगर, छत्र बहादुर गुरुङ, मनिका राई, गंगा लिम्बू, दिल बहादुर मुखिया र सुजा राई रहेका छन् । मेचिनगर १५ कच्चुबारी स्थित डिगेन प्रा.बि भवनमा स्थानीय मंगोल प्रेमि लोकहरुको बाक्लो उपस्थिती बीच प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक सान बहादुर मेचेले मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भयो साथै नेपालको वास्तविक राजनितीक समस्या र समाधन लगायत मानव अस्तित्व विषयमा प्रष्ट पार्नु भयो । अबको अन्तिम बिकल्प मंगोलहरु एक हुनुको विकल्प नरहेको र तपाईं हाम्रो साझा घर एमएनओ मात्रै रहेको कुरामा पनि उहाँले जोड दिनु भयो । एमएनओ मेचिनगर नगर सदस्य किशोर धिमालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम मेचिनगर नगर सचिव सिनारा मेचेले सन्चालन गरेकी थिइन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्