बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हार्दिक - हार्दिक श्रद्धांजलि

Mongol Vision News | 19 जून 2020

हार्दिक - हार्दिक श्रद्धांजलि

छोरी (बिनु) बैदेशिक रोजगारको शिलसिलामा लेवनान गएको सात बर्ष भइसक्यो। बिगत दुई बर्षदेखि सम्पर्कमा आएको छैन। लौन ! नानीहरु के भयो यस्तो, मान्छे छ छैन ?नेटमा फोटो राखेर खोजतलास गरिदिनु पर्यो भनेर मंगोल भिजन कार्यालयमा आमा (मनमाया राई) आउनु भएको भरखर जस्तो लाग्छ।

बिनु स्वदेश फर्के पछि मंगोलमा काम गर्न लगाउनु अब विदेश नपठाउनु भनेर युगपुरुष अमर ड. गोपाल गुरुङज्युले आमा मनमाया लगायत सपरिवारलाई भन्नु भएको रहेछ। फर्केर आएपछि ड. गोपाल गुरुङ ज्युले भने बमोजिम आज्ञालाई शिरोधार्य गर्दै विनुलाई संगठनमा आबद्ध गराउने काम पनि भयो।

घरजम गरेपछि संगठनको काम गर्न सकिंदैन भन्ने कुरा पक्कै होइन, त्यो इच्छा शक्तिमा भरपर्छ भनेर विनुले एकदिन घरजम गर्ने ठुलै निर्णय गरिन। नभन्दै इलाम देउमाई नगरपालिका वार्ड नं 8 आमबोटे बस्ने कमल तामाङसंग 2075 तिर वैवाहिक सम्बन्धमा बांधिन पुगिन।

उता गएर पनि संगठनमा काम गर्दै आफना घर ब्यवहार पनि सम्हाल्दै एवम्रीतले विनुको दिनचर्याहरु बितिरहेको थियो। यो संसारको रीत भनौं या के भनौं बिडम्बना बिचित्रको छ। उनको यहि असार 2 गते अल्पायुमै मृत्यु भएको खबरले मंगोल भिजन परिवार स्तब्ध भएका छौं।

यो दुखद घडीमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस् मृतक प्रति हार्दिक-हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्