मङ्गलबार 16 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जन्मदिनको अवसरमा मंगोल भिजनलाइ सहयोग

mongol vision | 3 जून 2021

जन्मदिनको अवसरमा मंगोल भिजनलाइ सहयोग

हङकङ/ नेपालको लम्जुङ्ग जिल्ला बेशिसहर नगरपालिका वार्ड - ५, नाल्मा गाउँमा बुबा श्याम बहादुर गुरुङ र आमा हुत्रीमाया गुरुङको कोखबाट साइलो छोरोको रूपमा जन्म लिनुभएको अहिन्दु मुलवासी मंगोल दिनेश गुरुङ अहिले प्रवास सभा हङकङमा हुनुहुन्छ । केही वर्ष पहिले देखि नै हङकङलाई आफ्नो कर्म थलो बनाउदै स-परिवार ( श्रीमती र दुई छोरी ) सहित हङकङ बस्दै आउनुभएको हो । थोरै-थोरै भएपनि सबैजनाले साथ, सहयोग गरे हाम्रो मंगोल भीजन मिडीया पनि धेरै अगाडी बढ्ने थियो - कि भनेर नै मैले बर्थ डे लगायत अन्य क्षेत्रमा हुने अनावश्यक फजुल खर्च कटौती गरेर पोहोर सालबाट मंगोल भिजन मिडिया संचालन गर्ने टिमलाई सहयोग गर्दै आएको छु ।

हामी विश्वको जुनै कुनामा, जहाँ रहेता पनि हाम्रो एकमात्र मूल संगठन एम एनओ र वैचारिक क्रान्तिको दरिलो कुटनैतिक हतियार आधिकारिक मिडियाहरुलाई सधैं साथ, सपोर्ट गरौं भन्ने आव्हान गर्न चाहन्छु र यो वर्षको मेरो जन्मदिनको अवसरमा मंगोल भिजन मिडिया संचालन गर्ने परिवारलाई रु.११ हजार रुपैया सहयोग गरेको छु । आजको आवश्यकता भनेको मूलवासी मंगोलको एकता हो । बाहुनवादी दलहरू दिनानुदिन पतनको मुखतिर धकेलिरहेकोले हामी विभिन्न तह र तप्काकामा छरीएका साथै चारो खोजिखान विदेशीनु बाध्य बनाइएका समस्त मंगोलप्रेमी आमाबुबा दाजुभाइ दिदिबहिनीहरुलाई यो समय आफ्नो मुलघर चिन्ने र छाती चाक्लो पारी मुठ्ठी खुल्ला गरेर निस्वार्थ सहयोग गर्ने बेला हो भन्न चाहान्छु ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्