बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कुवेत प्रबास सभा प्रमुख सल्लाहकार सदस्यको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण

Mongol Vision News | 2 नोभेम्बर 2020

कुवेत प्रबास सभा प्रमुख सल्लाहकार सदस्यको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण

झापा/ मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कुवेतका प्रमुख सल्लाहकार सदस्य अ.मू.मं आथाङ नेम्बाङको परिवारलाई प्रवास सभा कुवेत र झापा जिल्ला सभाको तर्फबाट संयुक्त रुपमा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको छ ।

कुवेत प्रबास सभा प्रमुख सल्लाहकार सदस्यको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण

आज दिनांक 2 नोम्भेम्बरका दिन मृतक आथाङ नेम्बाङको घरमा एक कार्यक्रमका बीच मृतक आथाङ नेम्बाङको परिवारलाई उक्त श्रद्धाञ्जली पत्र बुझाएको हो । मृतक आथाङ नेम्बाङ रोजगारीको सिलसिलामा प्रवास भुमिमा कार्यरत थिए भने एमएनओ प्रवास सभा कुवेतका प्रमुख सल्लाहकार सदस्य पनि रहेका थिए । नेम्बाङको गत भदौ ७ गते आइतबारका दिन ४५ वर्षको अल्पायुमा कुवेतमा निधन भएको थियो । नेम्बाङ प्रवासमा रहेर पनि संगठनलाई गहिरो माया गर्ने व्यक्ती थिए । उनी संगठनका केन्द्रीय सदस्य श्याम लिम्बूका सहोदर मामा पनि हुन् ।

झापा जिल्ला सचिव बानिरा मेचेले उक्त कार्यक्रमलाई सञ्चालन गरेकी थिइन् भने मृतक नेम्बाङको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । झापा जिल्ला सभाको तर्फबाट अध्यक्ष लासिम हाङ मंगोलले मृतक नेम्बाङको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेका थिए । त्यसैगरी संगठनका केन्द्रीय सचिव एवम् प्रवास समन्वय सभाका संयोजक सन्तोष तामाङ ज्युले निजको परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्नुभएको थियो । साथै मृतक नेम्वाङको संगठन प्रतिको इमानदारीता र लगनशीलताको उच्च कदर गर्दै प्रवास सभा कुवेतले सहयोग स्वरुप पठाएको आर्थिक सहयोग त्रिचालीस हजार सात सय पचास रुपैयाँ पनि परिवारलाई हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा संगठनका पुर्व मूलसचिव एवम् वर्तमान वरिष्ठ केन्द्रीय सदस्य सान्तिलाल धिमाल, केन्द्रीय सदस्य श्याम लिम्बू, १ नम्बर प्रदेश सभाका सचिव सागर राई लगायत झापा जिल्ला सभा, मेचिनगर नगर सभा र भद्रपुर नगर सभाका कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो । श्रद्धाञ्जली पत्र हस्तान्तरण कर्याक्रम पश्चात् मृतक आथाङ नेम्बाङको समाधी स्थलमा गई श्रीमती मेनुका र दुई छोरिहरुको साथमा केन्द्रीय सचिव सन्तोष तामाङ र जिल्ला अध्यक्ष लासिम हाङ मंगोलले सामुहिक रुपमा संगठनको झण्डा गाढेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्