बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दी बाढीपहिरो पिडितहरुलाई राहत वितरण

दिपक मंगाेल | 29 सेप्टेम्बर 2020

मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दी बाढीपहिरो पिडितहरुलाई राहत वितरण

मंगोल नेशनल अर्गनाईजेशन (एम.एन.ओ.) जिल्ला सभा म्याग्दीको सकृयतामा विम र मराङका बाढी पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ।

गत असार २५ गतेको अविरल वर्षाको कारण जिल्ला भरीनै र मुख्यगरी मालिका गाउँपालिका ७ विम र धवलागिरी गाउँपालिका ६ मराङमा बाढी पहिरो जादाँ दुःखद मानविय क्षति संगै धेरै घरहरु पुरिएर क्षतीग्रष्ट भए, करोडौको व्यक्तीगत तथा सरकारी भौतिक पुर्वाधार सम्पतीहरु पहिरोले नष्ट गर्यो। मराङ र विममा गरी २८ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।

जिल्लामा भएको प्राकृतिक विपत्तीको गम्भिर र आपतकालिन अवस्थामा पिडित तथा घरबारविहिन विस्थापितहरुको राहतको लागि मंगोल नेशनल अर्गनाईजेशनले आफ्नो राहतकोषमा सहयोग संकलनको लागि आह्वान गरेको थियो। एम.एन.ओ. जिल्ला सभा म्याग्दी र एम.एन.ओ. गण्डकी प्रदेश सभाको संयुक्त पहलमा देश तथा विदेशमा छरिएर रहनु भएका एम.एन.ओ. शुभेच्छुक तथा शुभचिन्तकहरु लगायत बाढी पहिरो पिडितहरुलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले राहातकोषमा जम्मा गरिएको रकम राहत स्वरुप वितरण भएको हो।

मंगोल नेशनल अर्गनाईजेशनद्धारा म्याग्दी बाढीपहिरो पिडितहरुलाई राहत वितरण

मराङ कल्लेनीका विस्थापित परिवारहरु बस्दै आएको ताकम हिलापोखरी क्याम्पमा विद्युत उपलव्ध गराउन ५० हजार रुपैया बराबरको १५० वाटको सोलार बत्ती राहत स्वरुप वितरण गरिएको छ। त्यसैगरी मराङमा परिवारका सदस्य मृतक भएका प्रत्येक परिवारलाई रु.५,०००। का दरले राहत स्वरुप वितरण गरिएको छ। यसैगरी विमका बाढी पहिरो पिडितहरुको राहत प्रयोजनार्थ वडा कार्यालयको सल्लाह बमोजिम राहतकोषमा रु.२०,०००। रकम जम्मा गरिएको छ।  दुखुखोलामा आएको बाढीमा परी श्रीमतीले ज्यान गुमाएको र श्रीमान् उक्त बाढीमा शक्त घाईटे हुनुभएकोमा घाईटेको उपचार खर्च स्वरुप रु.१०,०००। र जिल्ला भरीमा जम्मा रू १,३०,००० अक्षरूपी एकलाख तिसहजार रूपैया बराबरकाे सहयाेग रकम राहत वितरण गरिएको  दोस्रो जिल्ला अधिवेशन आयोजक सभाका अध्यक्ष डि.के.पुन ज्यूले जानकारी दिनु भयो।

राहत  वितरण कार्यक्रममा दाेस्राे म्याग्दी जिल्ला अधिवेशन अायाेजक सभा अध्यक्ष डि.के. पुनमगर, निबर्तमान जिल्ला सभा अध्यक्ष चित्र जुग्जाली, दाेस्राे म्याग्दी जिल्ला अधिवेशन अायाेजक सभा सहसचिव विकास पुन, निबर्तमान जिल्ला सभा काेषाध्यक्ष तथा सक्रिय सदस्य जयन्द्र राेका मगर लगायत जिल्ला सदस्यहरू जिवन पुन र बुलप्रसाद राेकामगर उपस्थित हुनुभएकाे थियाे। 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्