Rajendra Tamang | 20 अगस्ट 2019
८०प्रतिशत अहिन्दु मुलवासी मंगाेलहरूकाे अास्थाकाे केन्द्र मंगाेल रिसर्च सेन्टर निर्माणका निमिक्त युग पुरुष अमर डा. गाेपाल गुरुङ ज्यु काे अधुराे सपना पूरा गर्ने अभियानलाई सफल पार्न मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङका अध्यक्ष विकाश गुरूङले एक लाख एघार हजार पांच सय पचपन्न रूपैया (१११५५५)संगठनका केन्द्रिय सभाका सदस्य साेमबहादुर गुरूङलाइ हस्तान्तरण गर्नू भएकाे छ।
यसैगरि मंगाेल रिसर्च सेन्टरकाे लागि मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा गाेर्खाका बरिष्ठ सदस्य तिम्बा घ्याल्जेनले पचपन्न हजार पांच सय रूपैया (५५५००) साथै धादिङ खनियावास गाउंपालीका वडा नम्बर ३ निवासी हाल प्रवास सभा मलेसीयामा कार्यरत महिर तामाङले पच्चिस हजार पचास रूपैया(२५०५०) अार्थिक रकम संगठनका केन्द्रिय सदस्य धनमाया तामाङलाइ हस्तान्तरण गर्नुभएकाे छ।सहयाेगकै क्रममा मंगाेल नेशनल अर्गनाइजेसन धुनिवेशि नगरपालिका वडा नम्बर ३धादिङका अध्यक्ष सुनिल तामाङले पांचहजार रूपैया(५०००) रकम हस्तान्तरण गर्नुभएकाे छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology