शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल रिसर्च सेन्टरका लागी मनकारि वीरबहादुरकाे मनै देखि सहयाेग

Rajendra Tamang | 8 जून 2019

मंगाेल रिसर्च सेन्टरका लागी मनकारि  वीरबहादुरकाे मनै देखि सहयाेग

मंगाेल नेशनल अर्गनाइजेसनकाे प्रथम ऐतिहासिक निलकण्ठ नगर अधिवेशन घाेषणा सभाकाे अवसरमा मंगाेल नेशनल अर्गनाइजेसनकाे फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गाेपाल गुरुङ ज्यु काे अधुराे सपना पूरा गर्ने अभियानलाई सफल पार्न मंगाेल रिसर्च सेन्टर निर्माणका निमिक्त  मंगाेल नेशनल अर्गनाइजेसन निलकण्ठ नगर सभाका सदस्य धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं 14 धुवाकाेट पात्ले निवासी वीर बहादुर तामाङले  रु एक लाख एघार सय एघार रुपैयाँ एक पैसा,नगद संगठनका केन्द्रिय प्रेसिडेन्ट तथा कार्यक्रमका प्रमुख अतिथि बुद्दलाल मेचेलार्इ हस्तान्तरण गर्नूभयाे। 

मंगाेल रिसर्च सेन्टरका लागी मनकारि  वीरबहादुरकाे मनै देखि सहयाेग

इतिहासकाे पानामा स्वर्णिम अक्षरलेे नाम लेखाउन र मुलवासी मंगाेलकाे अस्तित्व जाेगाउनकाे लागी मंगाेल नेशनल अर्गनाइजेसन नै काेशेढूङ्रगा सावित भएकाेले सहयाेग गरेकाे तामाङले बताउनुभयाे।   यस्ताे सुनाैलाे अवशर  सदैव नअाउने भएकाेले तन,मन र वचनले  निस्वार्थ सहयाेगि हात अगाडी बढाउन पाएकाेमा वीर बहादुर तामाङले खुसि व्यक्त गर्नूहूदै सम्पूर्ण मंगाेल महानुभाबहरूलाइ जसरी सकिन्छ हरतवरले मंगाेल रिसर्च सेन्टरकाे लागी याेगदान गरेर महान अभियानमा इट्टा थपिदिनुहुन अनुराेध समेत गर्नूभयाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्