शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

म्याग्दीकाे विममा जै मंगाेल टिमकाे विजयी शुरूवात

दिपक मंगाेल | 14 जनवरी 2020

म्याग्दीकाे विममा जै मंगाेल टिमकाे विजयी शुरूवात

१४ जनवरी २०२०, म्याग्दी विममा माघेसक्रान्तीकाे अवसरमा अायाेजना भएकाे फुटवल खेलमा  एम.एन.अाे. काे जै मंगाेल टिमले विजयी शुरूवात गरेकाे छ।

पहिलाे चरणकाे खेलमा न्यू देविस्थान यूथ क्लव देविस्थान पनथाेकलाइ २ का विरूद्ध ४ गाेल अन्तरले विजयी प्राप्त गरेकाे छ । भाेली नव सृजना यूवा क्लव रून्मा ए संग दाेस्राे चरणकाे खेल खेल्ने छ भने प्रतियाेगितामा जम्मा ४० टिम सहभागी छन्।

जै मंगाेल टिमलाइ क्याप्टेनी जिल्ला सदस्य गमन राेकामगरले गर्नु भएकाे छ भने विभिन्न तहका सदस्य तथा पदाधिकारीहरू टिममा सहभागी छन्। क्याप्टेन राेकामगरले भाेलीकाे खेलमा पनि राम्राे खेल प्रदर्शन गरी रून्मा संग पनि विजयी हासिल गर्ने विश्वास व्यक्त गर्नु भएकाे छ।

म्याग्दी जिल्लामा विगत केही समय यता जिल्लाभर हुने फुटवल प्रतियाेगितामा एन.एन.अाे. जै मंगाेल टिमले निरन्तर सहभागिता जनाउदै अाएकाे छ। म्याग्दी जिल्ला सभा अध्यक्ष चित्र जुग्जाली मगरले जै मंगाेल टिमकाे लागि शुल्क व्यवस्थापन तथा जर्शि व्यवस्थापन समेत खेलाडीहरू अाफैले गरी एम.एन.अाे तथा जै मंगाेलकाे नाममा खेलमा सहभागी भएकाेमा सम्पुर्ण खेलाडीहरूलाइ धन्यबाद दिनु भयाे।

 

म्याग्दीकाे विममा जै मंगाेल टिमकाे विजयी शुरूवात

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्