mongolvision | 3 अप्रिल 2025
कमल/झापा,
आज दिनांक 3 April 2025 विहिवारको दिन मंगोल नेशनल अर्गनाइजेशन कमल गाँउ सभाको विशेष आयोजनामा सामाजिक कार्य अन्तर्गत कमन-५ पारुहाङ मूलवासी मंगोल चौक निवासी शुकुलाल किष्कु सन्थाल परिवारको कान्छी छोरीक गंगा किस्कुको मिति २०८१ चैत्र ८ गते असामयिक दुःखद निधन भएको कारण एम एनओको कमल गाँउ सभा परिवारको तर्फ बाट मंगोल भावनाले जोडिएको आज उक्त परिवारलाई राहत (खाधन्न सामात्री) चिसो पेय पदार्थ, चामल, एक कार्टून चाउचाउ सहित कमल गाँउ सभाका अध्यक्ष होम ब.राई साथै एमएनओ जिल्ला सभाका सदस्यहरुको विशेष उपस्थितिमा राहत हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त आजको सामाजिक कार्यक्रममा होम ब. राई (एम. एन.ओ कमल गाँउ सभा अध्यक्ष), विजयराज लिम्बु (एम.एन.ओ झापा जिल्ला प्रचार प्रसार सचिव), प्रेम आङबुहाङ लिम्बु ,(एम.एन.ओ झापा जिल्ला सदस्य) क्रमशः हिजन राई र जनक घिसिङ तामाङ लगायत एमएनओ कमल गाँउ सभा लगायत कमल वार्ड नं ५ का पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology