Mongol Vision | 16 मार्च 2025
मंगोल नेशनल अर्गनाइसनले मंगोल गायक #पृथी_मुखियाको आवास निर्माण गरिदिने भएको छ।
सूर्योदय/ईलाम,दिनांक 15 तारिख 2025 शनिवारको दिन मंगोल नेशनल अर्गनाइसनका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचे ज्यु लगायत संगठनका केन्द्रीय नेताहरू मंगोल गायक पृथी मुखियाको निजी निवासमा पुगेर उहाँलाई आवास निर्माण गरिदिने प्रतिवद्धता जनाउनु भएको थियो । मंगोल गायक मुखिया लाई भेटघाट गर्ने क्रममा संगठनका सहसचिव सान मेचे, केन्द्रीय प्रवक्ता रिन्छेन तामाङ, केन्द्रीय सर्वोच्च सभा सदस्य दिलिप याङमाली राई, गण्डकी प्रान्तिय सचिव नविन घले,गण्डकी प्रान्तिय प्रचार प्रसार सचिव तिम्बा ग्याल्जेन र बागमती प्रान्तिय सभा सदस्य धर्मराज स्याङ्थेन(गुरुङ) कोे पनि उपस्थिति रहेको थियो ।
गायक पृथी मुखिया संगठनको स्थापनाकाल देखि नै मंगोल गायककोे रूपमा संगठनलाई अलिकति पनि आच नआउने गरि अतुलनीय योगदान दिएका कारण महामानव डा.गोपाल गुरुङको नजरमा पर्नु भएको ऐतिहासिक व्यक्तित्त्व हुनुहुन्थ्यो।
पारिवारिक घरेलु समस्याको कारण मंगोल गायक पृथी मुखिया विगत लामो समय देखि संगठन बाट निष्क्रिय रहेर हराउनु भएको थियो । डा.गोपाल गुरुङ बित्नु अघि नै वर्तमान प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युलाई मंगोल गायक पृथी मुखिया लाई जसरी नी खोजेर उहाँको संगठन प्रतिको इतिहासको योगदानकोे कदर न्याय दिनु पर्छ भनेर निर्देशन दिनु भएको थियो ।
त्यही निर्देशनलाई पालन गरेर पृथी मुखिया लाई आज भन्दा चार वर्ष अघि प्रेसिडेण्ट वुद्धलाल मेचे ज्यूले ईलाममा भेट्टाउन सफल हुनु भएको थियो । उहाँको संगठन प्रतिको ऐतिहासिक योगदान लाई कदर गरेर झापा बिर्तामोडमा मंगोल गीत “जै मंगोल छ है, हे डा.गोपाल तिमीलाई ”
भन्ने गीत रेकर्ड गराउन संगठन सफल भएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology