Dev Thapa Magar | 21 अगस्ट 2021
सिन्धुपाल्चोक/ बौद्ध शिक्षा विकास प्रतिष्ठान (बिसबि)काठमाडौ र गोर्खाज अनलाइन टेलिभिजनको संयुक्त पहलमा सिन्धुपाल्चोक जिल्ला पाँच पोखरीका पहिरो पीडित बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
फाउन्डेसन र अस्ट्रेलिया निवासी इन्द्र बस्नेतले संयुक्त रुपमा संकलन गरिएको रु १ लाख १२ हजारको शैक्षिक सामाग्री सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी गाउँ पालिकामा रहेको भोताङ देबि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बितरण गरिएको गोर्खाज टेलिभिजनका प्रमुख देब थापा मगरले मंगोल भिजन राष्ट्रिय साप्ताहिकलाई बताउनु भयो । उहाँका अनुसार भाद्र १ गते प्रतिष्ठान र टेलिभिजनको टोलीले विद्यालयमा गएर उक्त सामाग्री बिद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
बिद्यार्थीहरुलाई झाेला, कपी, ज्यामितीय बाकस, सिसाकलम, कलम लगायतको सामाग्री वितरण गरिएको थियो । विद्यार्थीहरुलाई केही राहत होस भनेर प्रतिष्ठानले उक्त सामाग्री प्रदान गरेको उसले जनाएको छ भने सामाग्री वितरण कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका कर्मचारी विद्यार्थीहरुको उपस्थित रहेको थियो । विद्यालयले सहयोग गर्नु हुने सबैलाई धन्यवाद प्रदान गरेको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology