शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रहेनन् एमएनअोको पूर्व केन्द्रीय सदस्य मान बहादुर राई

Buddha lal Meche | 29 मार्च 2020

रहेनन् एमएनअोको पूर्व केन्द्रीय सदस्य मान बहादुर राई

एमएनओ संस्थापक प्रेसिडेन्ट युगपुरुष अमर ड गोपाल गुरुङ ज्युलाई एमएनओको बिरुवा रोपेर हुर्काउनलाई कठिन चुनौतीको सामना गरिरहनु परेको बेला अनिकालको बिऊ बनेर साथ र सहयोग गरि दिनु हुने एमएनओ पुर्ब केन्द्रीय सदस्य मान बहादुर राईको आज बिहान 6:30 बजे निधन भएको खबरले आफु लगायत सिंगो एमएनओ स्तब्ध भएको छ।

युगपुरुष अमर ड गोपाल गुरुङ ज्युले उहाँलाई औंल्याएर संधै भन्ने गर्नु हुन्थ्यो "यो भाई अनिकालमा काम लागेको भाई हो" । आफु सिंगापुर पुलिसमा कार्यरत छँदा त्यहाँका हाकिमहरुले मंगोल शब्द उच्चारण गरेको र उहांलाइ पनि तिमी मंगोल हौ भनी दिएकाले आफु बडो अचम्मित भएको र सिंगापुर पुलिसबाट रिटायर्ड भएर आफनो मुलुक नेपाल फर्किसकेपछि पहिलो झमटमा मंगोलहरुको संगठन खोजी गरेको र एमएनओ भेटेको कुरा राईजीले बारम्बार बताइरहनु हुन्थ्यो .

 

वहां आजदेखी हामी माझ नरहनु भए पनि वहाँले संगठनलाई दिनु भएको योगदान र सहयोग हाम्रा निम्ति संधै मार्ग दर्शन र प्रेरणाका श्रोत हुनेछ। यस दुखद घडीमा मृतकका शोक सन्तप्त परिवार, आफन्त, नातागोताहरुमा सहन गर्न सक्ने शक्ति मिलोस्। मान बहादुर राईजी तपाईंलाई मेरो र संगठनको तर्फबाट अल बिदाको जै मंगोल स्यालुट टक्राउँदछु। जै मंगोल .

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्